काठमाडौं, साउन ३ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपर्दा उल्लेख प्रगति हासिल गर्न नसकेको बताएका छन् । शुुक्रबार मन्त्रालयमा आर्थिक वर्ष २०७५/०७६ का उपलब्धिहरु प्रस्तुत् गर्दै मन्त्री यादवले सरकारले गत वर्ष ल्याएको नीति तथा कार्यक्रमको ७९ प्रतिशत काम सम्पन गरेको दाबी गरे । कर्मचारी अभावका कारण कार्यक्रम अनुगमन नसकिएको…