Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


स्वास्थ्य सेवा विभागमा एक वर्षमा तीनपटकसम्म महानिर्देशक परिवर्तन, काम प्रभावित

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज) काठमाडौं, साउन २४ । स्वास्थ्यका कार्यक्रम लागू गराउने आधिकारिक निकाय स्वास्थ्य सेवा विभागमा एक वर्षमा तीनपटकसम्म महानिर्देशक परिवर्तन हुँदा काम–कारबाही प्रभावित बन्ने गरेका छन् । अवकाश हुन लागेका कर्मचारीलाई बढुवा गरेर विभागमा पठाउने गरेकाले स्वास्थ्य सेवा विभागमा प्रभावकारी काम हुन नसकेको हो । स्वास्थ्य सेवा विभाग स्थापना भएको २६…