फिदिम, भदौ ५ । पहाडी जिल्ला पाँचथरमा डेंगीको संक्रमण बढ्दै गएको छ । पाँचथरमा अहिलेसम्म २० जना डेंगीको बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख तेजबहादुर तुम्बापोका अनुसार उनीहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । फिदिम नगरपालिका, फालेलुङ, हिलिहाङ गाउँपालिका, तेह्रथुमको आठराई गाउँपालिकाका स्थानीयमा डेंगीको संक्रमण देखिएको हो । डेंगी देखिएपछि…