२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


तनहुँमा नौं जनामा डेंगीको सक्रमण


0
Shares

तनहुँ । तनहुँ जिल्लामा नौ जनामा डेंगीको सक्रमण भेटिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेंगीको सक्रमण पुष्टि भएको हो ।

गत साउन २४ गते एक जनामा डेंगी देखा परेको तनहुँमा भदौ ११ गतेसम्म डेंगीका बिरामीको संख्या बढेर नौ पुगेको हो ।

व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेंगीको संक्रमण देखिएको दमौली अस्पतालले जनाएको छ ।

हालसम्म गण्डकी प्रदेशका सात जिल्लामा ३ सय ३९ जना डेंगीका बिरामी फेला परेका छन् ।

सबैभन्दा बढी कास्कीमा ३ सय १२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा दुई÷दुई जना डेंगीका बिरामी फेला परेका छन् ।