सर्लाही । उपचार गर्न ल्याइएकी एक बालिकाको मृत्यु भएपछि सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा गएराती तोडफोड भएको छ । सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदा बुढाथोकीको मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । तोडफोडबाट उपचार केन्द्रका उपकरणमा क्षति पुगेको छ । बालिकको मृत्युपछि तनावग्रस्त…