काठमाडौं, कात्तिक ४ । चितवन मेडिकल कलेजमा उपचारकाक्रममा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालमा गरेको तोडफोडको नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघले आपराधिक मानसिकता बोकेका व्यक्तिहरुले उपचारकाक्रममा भएको घटनालाई लिएर तोडफोड गर्ने र चिकित्सकहरुलाई लखेटी–लखेटी हातपात गरिएको भन्दै भर्त्सना गरेको हो । संघले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई…