५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


प्रधानमन्त्रीको स्वास्थ्यबारे, सञ्चार माध्यमहरु संवेदनशील नबनेको गुनासो


0
Shares

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको समस्या भएर अस्पतालमा रहेको बेला सञ्चार माध्यमहरुले संवेदनशील नबनेको गुनासो गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार पत्रकारहरुसंगको भेटघाटमा उनले सञ्चार माध्यमहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अतिरञ्जितपूर्ण समाचार दिएको र अफवाह फैलाउन खोजेको आरोप लगाएका छन् ।

थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको संवेदनशिलता ख्याल नगरी भष्यिवाणी गर्दै समाचार सम्प्रेषण गरेको आरोप समेत लगाएका छन् ।

भेन्टिलेटरमा राखिएको कुरालाई समेत पढाई चढाई गरेर स्रोतको हवाला दिंदै समाचार लेखिएको गुनासो पनि सल्लाहकार थापाको थियो ।

उपचारमा संलग्न नरहेका चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको विषयमा टिप्पणी गरेकोप्रति पनि उनले आपत्ति जनाए । 

मिर्गौला प्रत्यारोपण गर्न अमेरिका जाने विषयमा छलफल नभएको भन्दै उनले प्रधानमन्त्रीले प्रत्यारोपणका लागि जाने भनेर निर्णय नगरेसम्म यो कुरा अगाडी नबढने दाबी समेत गरे ।