काठमाडौं, माघ १३ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सोमबारदेखि ‘कोरोनाभाइरस’को परीक्षण सुरु गरेको छ । चीनबाट फैलिएको कोरोनाभाइरस नेपालमा पनि फैलनसक्ने त्रास बढेसँगै प्रयोगशालाले भाइरस परीक्षण गरिने केमिकल नेपाल ल्याएको हो । प्रयोगशालाकी प्रमुख डा. रुना झाले भाइरस परीक्षण गर्ने ‘केमिकल’ आइतबार आएकाले सोमबारदेखि परीक्षण सुरु गरेको जानकारी दिइन् । चिकित्सकले शंका गरेका बिरामीको मात्र परीक्षण…