Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, आराम गर्न सुझाव

काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । महाराजगन्जको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट उनी डिस्चार्ज भएका हुन् । ‘एपेन्डिसाइटिस’को शल्यक्रियापछि उनी सो अस्पतालमा उपचाररत् थिए । शल्यक्रियापछि ‘आइसीयु’मै राखिएका प्रधानमन्त्री ओलीलाई त्यहीँबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनी प्रधानमन्त्री निवास बालुवाटार गएका छन्…