धनकुटा, पुस ३ । धनकुटाको हिलेमा बिहीबारदेखि बृहत् स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा हाडजोर्नी, मुटुरोग, आँखा, महिला तथा बालबालिकाकासम्बन्धी रोगहरुको उपचार हुने आयोजकले जनाएको छ । बिरामीलाई निःशुल्क भिडियो एक्सरे र औषधिकोसमेत व्यवस्था गरिएको छ । रोटरी क्लब अफ इटहरीको आयोजनामा धनकुटा नगरपालिका, स्थानीय ब्याडमिन्टन क्लबको सहयोग तथा विराट मेडिकल कलेज एन्ड टिचिङ…