२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी विरुद्ध उजुरी दर्ता


13
Shares

काठमाडौं, पुस २९ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी विरुद्ध झापाको वि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण विभागमा उजुरी हालेका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईले आयोगका उपाध्यक्ष गिरीले मेडिकल कलेज सम्बन्धका लागि आफूसँग २० करोड घुस मागेकाले उजुरी हालेको बताए ।

सोमबार उजुरी दर्ता गराएको भन्दै प्रसाईले सम्बन्धका लागि आफू अदालत समेत जाने बताए ।

आयोगका उपाध्यक्षले सम्बन्धका लागि २० करोड रुपैयाँ घुस मागेको आरोप प्रसाईले लगाउँदै आउनु भएको छ भने उपाध्यक्ष डा. गिरीले भने कागजपत्र नपुर्‍याई सम्बन्धनको निवेदन दर्ता गराउन आउँदा अस्वीकार गरेको र त्यसपछि आफ्नो चरित्र हत्या गर्न खोजेको बताए ।