
काठमाडौं, पुस २८ । औषधी व्यवस्था विभाग र नेपाल प्रहरीले अवैध रुपमा ल्याईएको विभिन्न थरीका औषधी ठूलो मात्रामा बरामद गरेको छ ।
काठमाडौंको खुशिबु टाउन प्लानिङ्गस्थित एउटा घरमा छापा मारेर लुकाइराखेको अवस्थामा लाखौं रुपैयाँ बराबरको औषधी बरामद गरिएको हो ।
नेपाल प्रहरी र औषधी व्यवस्था विभागको टोलीले संयुक्त रुपमा छापा मार्दा बिभागमा दर्ता नगरिएका विभिन्नखाले औषधी फेला परेको हो ।
विभागका महानिर्देशक नारायण ढकालले बरामद गरिएका औषधीमा शल्यक्रिया गर्दा दुखाइ कम गर्ने, यौन उत्तेजना बढाउने, गर्भ निरोधक, सुगर, प्रेसरलगायतका औषधी बरामद भएको जानकारी दिए ।
क्षेत्रपाटीस्थित कृपासुर ड्रग हाउसले यी औषधी अवैध रुपमा ल्याएर यस घरमा स्टोर गरेर राखेको थाहा भएको छ ।
प्रहरीले सो ड्रग हाउसमा काम गर्ने २४ वर्षिय राजन बलामीलाई नियन्त्रणमा लिएको छ भने व्यवसायी प्रषोत्तम भण्डारी फरार रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्