भरतपुर, माघ २० । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गौलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएको हो । सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले पालो कुर्ने बिरामीको सङ्ख्या बढेपछि आजदेखि रात्रिकालीन सेवा शुरु गरिएको बताए । सो अवसरमा…