काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्रा. डा. प्रेम ज्ञवालीको टोलीले गर्ने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्रीको उपचारमा डा. ज्ञवालीसँगै प्रधानमन्त्रीका निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह, डा. सुवास आचार्य र नर्सिङतर्फ पुनम…