
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरिरमा प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
हिजो प्रत्यारोपण गरिएको मिर्गौंलाले राम्रोसँग काम गर्न थालेपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि सुधार भइरहेको छ ।
उनलाई आज तरल खानेकुरा दिइएको चिकित्सकहरुले जनाएका छन् । उनलाई कालो चिया दिइएको हो ।
गत सोमबार अस्पताल भर्ना भएका ओलीलाई भान्जी समिक्षा संग्रौलाले आफ्नो मिर्गौला दान गरेकी हुन् ।
उनलाई अझै एक साता अस्पतालमै राखेर उपचार गरिनेछ । प्रधानमन्त्री अोली अहिले सामान्य बोलचाल गर्न सक्ने अवस्थामा छन् ।
तर दुखाई कम गर्ने औषधि दिएको हुनाले उनलाई बोल्न दिइएको छैन । संक्रमण हुने डरले उनलाई चिकित्सक र स्वास्थ्यकर्मीबाहेक अरु कसैसँग भेट्न पनि दिइएको छैन ।
प्रधानमन्त्री ओलीलाई अहिले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आइसियुमा राखेर उपचार गरिँदैछ ।
प्रत्यारोपणपछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको समूहले प्रधानमन्त्री ओलीको विशेष निगरानी गरिरहेका छन् ।
यसअघि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक उनको मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्