१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


प्रधानमन्त्री ओलीको मिर्गौलाको सफल प्रत्यारोपण


0
Shares

अपडेट

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार बिहान सवा १० बजे सुरु भएको प्रत्यारोपणको शल्यक्रिया झन्डै पाँच घन्टा लागेको थियो ।

प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले काम गर्न थालिसकेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीकाअनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर परीक्षण गर्दा ‘युरिन सपोर्ट’ गरेको छ ।

प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोली प्रधानमन्त्रीको उपचारमा संलग्न थियो । भारतको एपोलो अस्पतालका डा. अनन्त कुमारसमेत टोलीमा संलग्न थिए ।

भान्जी नाता पर्ने ३१ वर्षीया समीक्षा संग्रौलाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी हुन् ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि गएको सोमबार अस्पताल भर्ना भएका थिए ।

सामान्य अवस्था रहेमा उनी एक साताभित्र अस्पतालबाट ‘डिस्चार्ज’ हुने जनाइएको छ ।

यसअघि, प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।