
सिर्जना थापा र राजेन्द्र नापित (इमेज)
काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण भएसँगै मिर्गौला प्रत्यारोपणको विषय अहिले चासोको विषय बनेको छ ।
त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउने प्रधानमन्त्री ओली ११औं व्यक्ति हुन् ।
यसअघिका प्रत्यारोपणहरु पनि सफल भएकाले नेपालमा मिर्गौला प्रत्यारोपण सेवा विश्वसनीय रहेको देखाउँछ ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा अब चारओटा मिर्गौला भएका छन् ।
यसअघि, २०६४ सालमा प्रधानमन्त्री ओलीले नयाँदिल्लीको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यतिबेलादेखि नै उनको शरीरमा तीनओटा मिर्गौला रहँदै आएका थिए ।
१२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्रीको शरीरमा चारओटा मिर्गौला भएका हुन् ।
कुनै एक स्वस्थ व्यक्तिको मृर्गौला निकालेर अर्को व्यक्तिको शरीरमा राख्ने प्रक्रियालाई मिर्गौला प्रत्यारोपण भनिन्छ । सामान्यतया मिर्गाैलाको दीर्घरोग हुँदा वा मिर्गौला ‘फेल’ हुँदा प्रत्यारोपण आवश्यक हुन्छ ।
मिर्गौला प्रत्यारोपण गर्दा खराब मिर्गौलालाई नझिकी नयाँ मिर्गौलालाई सँगै राख्ने गरिन्छ ।
त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ११औं व्यक्ति हुन् । यसअघि, १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफल भइसकेको चिकित्सकहरुले बताएका छन् ।
शिक्षण अस्पतालमा मात्रै करिब ७०० को संख्यामा प्रत्यारोपण भइसकेको छ । ती सबै सफल भएको चिकित्कहरुको भनाइ छ ।
यसबाट नेपालमा मिर्गौला प्रत्यारोपण सेवा विश्वसनीय बन्दै गएको पनि पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्