Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


झलनाथले छाडे नेकपा, नयाँ पार्टी खाेल्ने घाेषणा


0
Shares


काठमाडाैं ।

पुष्पकमल दाहाल( प्रचण्ड ) नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सो पार्टी परित्याग गर्नुभएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै खनालले नेकपा परित्याग गरेको र अब ‘समाजवादी जागरण अभियान’ शुरु गरेको घोषणा गर्नुभयो ।

कम्युनिस्ट आन्दोलनलाई वैचारिक रुपमा पुनर्गठन गर्न अभियान सञ्चालन गरिएको भन्दै उहाँले एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्घोष पनि गर्नुभयो ।

खनालको यो अभियानमा नेकपा (माओवादी केन्द्र) बाट बाहिरिएका हरिबोल गजुरेललगायतका नेताहरू जोडिएका छन् ।