काठमाडौं । अमेरिकाका बरिष्ठ कोरोना विशेषज्ञ डा.एंथोनी फाउजीले सार्वजनिक स्वास्थ्य सुरक्षाको उपाय नै कोरोना भाइरस संक्रमण कम गर्ने मुख्य हतियार रहेको बताउनुभएको छ । कोरोना भ्याक्सिनको प्रयोगले ५० देखि ६० प्रतिशत मात्र संक्रमण रोक्न सक्ने भएको भन्दै फाउसीले स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता रहेको बताउनुभएको हो । भ्याक्सिनको प्रयोग कत्तिको प्रभावकारी हुन्छ भन्ने पत्ता लागिनसकेको…