पोखरामा एक पुरुषको कोरोनाका कारण मृत्यु • Image Khabar Image Khabar


पोखरामा एक पुरुषको कोरोनाका कारण मृत्यु


Imagekhabar
२५ श्रावण २०७७, आईतवार ०८:२६

पोखरामा एक पुरुषको कोरोनाका कारण मृत्यु

प्रदिप पौडेल ।

पोखरा । कास्कीको पोखरा महानगरपालिका-१९ का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमितको शनिबार राति ११ बजेर ३५ मिनेट जादाँ मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पाललका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

मृतक पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुष भएको उहाँले बताउनुभयो । संक्रमित पुरुष डायबेटिजका बिरामी थिए ।

उनको साउन १८ गते कोरोना संक्रमण पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्