Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० । सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । उहाँले मंगलबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । उहाँको सोमबार स्वाब सङ्कलन गरिएकामा मंगलबार संक्रमण पुष्टि भएको हो । उहाँले आफू संक्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गर्नुभएको छ । रासस