एसपीसहित कैलालीमा कार्यरत् थप २३ प्रहरीमा कोरोना • Image Khabar Image Khabar


एसपीसहित कैलालीमा कार्यरत् थप २३ प्रहरीमा कोरोना


बिराज रोस्यारा (इमेज)
२१ आश्विन २०७७, बुधबार १६:१५

एसपीसहित कैलालीमा कार्यरत् थप २३ प्रहरीमा कोरोना

कैलाली, असोज २१ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपमशमशेर जबरामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा एसपी जबरामा कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएपछि उहाँ कार्यालयको ‘आइसोलेसन’मा बस्नुभएको बताइएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् थप २२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उनीहरुलाई आइसोलेसनमा राखिएको विष्टले बताउनुभयो ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या २२८ पुगेको छ । १२४ जना संक्रमणमुक्त भइसकेका छन् भने १०४ जना प्रहरी सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्