काठमाडौं, असोज २१ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । उहाँको रक्तचाप घट्ने, छातीमा समस्या लगायतका स्वास्थ्य जटिलटा देखिन थालेको हो । अक्सिजनको सहयोगमा शिक्षण अस्पतालमा रहनुभएका डा. केसीलाई आईसियुमा भर्ना गर्नुपर्ने भए पनि नमानेको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो…