सुनसरीमा कोरोनाबाट एक पुरुषको मृत्यु • Image Khabar Image Khabar


सुनसरीमा कोरोनाबाट एक पुरुषको मृत्यु


Imagekhabar
२ कार्तिक २०७७, आईतवार ०९:००

सुनसरीमा कोरोनाबाट एक पुरुषको मृत्यु

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ७९ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।

गत असोज २७ गते भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डाक्टर आशिष श्रेष्ठले बताउनुभयो । उनी दीर्घ रोगी थिए ।

प्रतिक्रिया दिनुहोस्