संखुवासभामा कोरोनाका कारण पहिलोपटक व्यक्तिको मृत्यु • Image Khabar Image Khabar


संखुवासभामा कोरोनाका कारण पहिलोपटक व्यक्तिको मृत्यु


इमेजखबर
१ कार्तिक २०७७, शनिबार १९:३८

corona

संखुवासभा, कात्तिक १ । संखुवासभामा कोरोना संक्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ ।

धर्मदेवी नगरपालिका–३, मुडेबजारका ७९ वर्षीय वृद्ध पारथमणि पौडेलको मृत्यु भएको हो ।

उहाँको शनिबार घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

उहाँमा असोज २९ गते कोरोना पुष्टि भएको थियो । पौडेल दमका बिरामी हुनुहुन्थ्यो ।

उहाँको आफ्नै छोरामा कोरोना देखिएपछि ‘कन्ट्याक ट्रेसिङ’को आधारमा ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ देखिएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो ।

छोरा सलबहादुर पौडेललाई कोरोना पोजिटिभ देखिएपछि बुवा पारथमणि घरमा नै ‘आइसोलेसन’मा बस्नुभएको थियो । होम आइसोलेसनमा रहेको अवस्थामा उहाँको मृत्यु भएको हो ।

संखुवासभामा हालसम्म ११५ जना कोरोना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्