काठमाडौं । नेपालमा कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका दुई, चितवन र काभ्रेका एक एक जना छन् । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना संक्रमितको आज मृत्यु भएको छ । चितवनको रत्ननगरपालिका– ९ का ८८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिन्ुभयो ।…