काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ढिलै भएपनि कोरोनाविरुद्धको लडाइ नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । कोरानाविरुद्धको खोपको पहिलो चरणको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरानाविरुद्धको लडाइमा सुरुवाती समयमा सरकारले आम जनताको अपेक्षा अनुसार काम गर्न नसकेपनि विस्तारै उपलब्धी हासिल गरेको दावी गर्नुभयो । उहाँले स्थानीय निकायका जनप्रतिनिधिले क्षमताअनुसार पूर्णरुपमा काम गरेको बताउनुभयो…