मोडेर्नाको खोप नयाँ कोरोना भाइरससँग लड्न सक्ने • Image Khabar Image Khabar


मोडेर्नाको खोप नयाँ कोरोना भाइरससँग लड्न सक्ने


Imagekhabar
१३ माघ २०७७, मंगलवार १०:५४

मोडेर्नाको खोप नयाँ कोरोना भाइरससँग लड्न सक्ने

काठमाडौं । अमेरिकाले तयार पारेको कोरोना भाइरसविरुद्धको मोडेर्नाको खोपले नयाँ स्वरुपमा देखिएको कोरोना भाइरसको लागि पनि काम गर्ने बताइएको छ ।

अमेरिकी औषधी उत्पादक मोडेर्नाका वैज्ञानिकहरुले आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै संक्रामक कोरोना भाइरस भाइरससँग लड्न सक्षम देखिएको जनाएका हुन् ।

उक्त कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको बीबीसीले जनाएको छ ।

गत सेप्टेम्बरमा बेलायतबाट फैलिएको उक्त नयाँ प्रकार ७० प्रतिशतसम्म थप संक्रामक पाइएको विज्ञहरुले बताएका छन् । कोभिडका यी नयाँ प्रकारका भाइरस ६० भन्दा बढी मुलुकमा द्रूत गतिमा फैलिसकेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्