कञ्चनपुर । कञ्चनपुरमा चार महिनाको अवधिमा १७ जनामा औलो देखापरेको छ । उनीहरु मध्ये १५ जना भारतबाट आएका हुन् । कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातको औलोका बिरामी देखा परेका हुन् । भारतबाट आएका ३ जनामा प्लाज्मोडियम फाल्सिपेरम देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । उहाँले औलो निवारणका…