भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’ « Image Khabar


भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’



भैरहवा, कात्तिक ३० । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’ हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानले करिब २१ लाख मूल्य बराबरको एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो ।

मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई उक्त भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

अस्पतालका बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले चाइल्ड भेन्टिलेटर बच्चाहरुको लागि निकै उपयोगी हुने बताउनुभयो ।