काठमाडौं । काठमाडौंको जिल्ला प्रशासन कार्यालय परिसरमा राष्ट्रिय परिचयपत्र बनाउने र अन्य सेवा लिनेहरूको बाक्लो भीड छ । यस्तो परिसरमा मात्र होइन, हरेक फाँट र हाकिमका कोठामा पनि उस्तै छ । सामान्य अवस्थामा पनि भीडभाड नै रहने प्रशासनमा इ–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त झन् मेलै लाग्ने गरेको छ । भीड व्यवस्थित गर्न कार्यालयले…