भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द « Imagekhabar – Online News Portal of Nepal


भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द


325
Shares

चितवन । कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

भरतपुर अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी जनरल ओपिडी तथा रुटिन अपरेसन सेवाहरु अनिश्चित समयका लागि बन्द गरेको जनाएको हो ।

अस्पतालका सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत कर्मचारी ठूलो संख्यामा कोरोना संक्रमित भई आइसोलेसनमा रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक शल्यक्रियाबाहेक अरु सेवा स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।