काठमाडौं, पुस २९ । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीको सरुवा सम्बन्धी निर्णय फिर्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरिय निर्णयबाट गरेको सरुवा प्रक्रिया रोकिएको हो । १२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरूले समेत देउवाको ध्यानाकर्षण…