Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


हेटौंडा अस्पतालमा ११ डाक्टरसहित ५४ जना स्वास्थ्यकर्मी संक्रमित


117
Shares

हेटौंडा, माघ ६ । हेटौंडा अस्पतालमा ११ जना डाक्टरसहित ५४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरले बिहीबार अस्पतालका अध्यक्ष राजेश प्रसाईले ११ जना डाक्टर, १४ जना नर्ससहित ५४ जनामा कोरोना संक्रमण भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महत सहितको टोलीले अस्पतालको निरिक्षण गर्ने क्रममा अस्पतालमै कार्यरत डाक्टर, नर्स, ल्याब टेक्निसियन, एक्सरे टेक्निसियन, कार्यालय सहयोगी लगायत अन्य गरी ५४ जनामा कोभिड भएको अध्यक्ष प्रसाइले बताउनुभयो । एक सातामा ५४ जनामा कोरोना भएको उहाँले बताउनुभयो ।

उहाँले अस्पतालमा कोभिड बिरामीको लागि १२ वेडको इमर्जेन्सी सेवा तयारी अवस्थामा राखेको र एचडियु सेवामा ९ जनाले सेवा लिइरहेको बताउनुभयो ।