धौलागिरि अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट « Imagekhabar – Online News Portal of Nepal


धौलागिरि अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट


286
Shares

बागलुङ । बागलुङको धौलागिरि अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट बनेको छ ।

न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा लगातार उत्कृष्ट अस्पतालको रुपमा देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले बताउनु भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट प्रत्येक आर्थिक वर्षमा दुई पटक हुँदै आएको न्यूनतम स्वास्थ्य मापदण्डमा ५० बेड क्षमताका अस्पतालमध्ये धौलागिरि अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ ।

धौलागिरि अस्पताल गत आर्थिक वर्ष र गत असारमा भएको सर्वेक्षणका क्रममा समेत उत्कृष्ट घोषणा भएको थियो ।

गोर्खा अस्पताल, म्याग्दी अस्पताल र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा एक सयमा ८४ अंक प्राप्त गर्दै धौलागिरि अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले जानकारी दिनु भयो ।