निर्वाचनमा मूलतः कम्युनिष्ट र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ । पहाडी जिल्ला सिन्धुपाल्चोकमा पनि यिनै गठबन्धनका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबीचको लोकतान्त्रिक र नेकपा एमाले–माओवादी केन्द्रबीचको कम्युनिष्ट गठबन्धनबीच जिल्लामा सीधा टक्कर हुने भएको हो । दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने भएपछि अघिल्ला मत र परिणाम दुवैमा फरक पर्ने…