ठूला राजनीतिक दलहरुले पहिलो चरणको निर्वाचनमा एकदमै कम महिलालाई उम्मेदवार बनाएका छन् । ३२ ओटा जिल्लामा हुन लागेको पहिलो चरणको प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसले एकजना महिलालाईमात्र उम्मेदवार बनाएको छ । कांग्रेसले खोटाङबाट सरस्वती बजिमयले उम्मेदवार बनाएको छ । त्यस्तै, प्रदेशसभाको चुनावका लागि नेपाली कांग्रेसले ताप्लेजुङबाट लिलादेवी बोखिमलाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभाका लागि माओवादी केन्द्रले…