१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता


0
Shares

विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवार बन्न चाहने व्यक्तिले ३२ जिल्लाको ३७ सीटका लागि उम्मेदवारी दर्ता गराउन सक्नेछन् । उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले ३२ वटै जिल्लामा उम्मेद्वार मनोनयन अनुसूची फारम, जनशक्ति लगायतका सबै काम पूरा भएको जानकारी दिएका हुन् ।

आयोगले प्रतिनिधि र प्रदेशसभा चुनावका लागि तोकिएकाले समयमै उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको छ । मनोनयन दर्ताका लागि कर्मचारीहरु सम्बन्धित कार्यालयमा पुगिसकेका छन् ।

आयोगले राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेद्वारको बन्दसूची पेश गरेपछि उम्मेद्वारका हकमा पनि निर्वाचन आचारसंहिता लागू भईसकेकाले निर्वाचन सफल बनाउन आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गरेको छ ।