राणाद्वारा सिन्धुपाल्चोक–२ मा उम्मेदवारी • Image Khabar Image Khabar


राणाद्वारा सिन्धुपाल्चोक–२ मा उम्मेदवारी


Imagekhabar
५ कार्तिक २०७४, आईतवार १५:१०

राणाद्वारा सिन्धुपाल्चोक–२ मा उम्मेदवारी

आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी मुलुकको नयाँ संरचनानुसार गठन भएका प्रदेशमा चुनावीसभा गर्न लागिएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

यही कात्तिक मसान्तसम्म सम्पन्न गर्ने लक्ष राखिएको उक्त सभामा शीर्ष नेता तथा पार्टी पदाधिकारीले सम्बोधन गर्नेछन् ।

पार्टीले आफ्नो सम्भावना भएका स्थानमा अरु दलको सहयोग लिने तथा सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने भएको छ ।

यसैबीच, पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराएको पार्टीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्