प्रत्यक्षतर्फको भने उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेलगत्तै छाप्न थालिनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न दिएलगत्तै प्रत्यक्षतर्फको मतपत्र छाप्न थाल्ने आयोगले जनाएको हो । समानुपातिकतर्फको मतपत्र छपाइ भने अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । बिहीबारसम्म समानुपातिकतर्फको मतपत्र छापिसकिने आयोगले जनाएको छ । समानुपातिकतर्फ हल्का रातो तथा प्रत्यक्षतर्फको हल्का हरियो रङमा मतपत्र छापिनेछ…