
बुधबार दिउँसो १ बजेभित्र मनोनयनपत्र फिर्ता गर्ने समयभित्र राप्रपा प्रजातान्त्रिक र देशभक्त जनगणतान्त्रिक मोर्चा पार्टीले मनोनयनपत्र फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीकाअनुसार राप्रपा प्रजातान्त्रिकको तर्फबाट प्रतिनिधिसभाका लागि राजकुमार जोशी, प्रदेश ‘क’बाट कृष्णबहादुर योङया र ‘ख’बाट सगुनसुन्दर लावतीको नाम दर्ता भएकोमा ती उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।
राप्रपा प्रजातान्त्रिकले नेपाली कांग्रेसलाई समर्थन गर्ने जनाइएको छ ।
यस्तै, देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट उमेश तिम्सिनाले प्रतिनिधिसभाका निम्ति उम्मेदवारी दिएकामा फिर्ता लिएका हुन् ।
योसँगै पाँचथरमा अब ९ दलका २५ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्