मोरङमा ८९ ओटा मतदान केन्द्र थपियो, ७० हजार नयाँ मतदाता थपिए • Image Khabar Image Khabar


मोरङमा ८९ ओटा मतदान केन्द्र थपियो, ७० हजार नयाँ मतदाता थपिए


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार १५:१८

मोरङमा ८९ ओटा मतदान केन्द्र थपियो, ७० हजार नयाँ मतदाता थपिए

मतदानस्थल भने स्थानीय तह निर्वाचनकैलाई कायम गरिएको छ । मोरङमा ३०० मतदानस्थलमा ८९ ओटा मतदान केन्द्र थपिएको हो ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरकाअनुसार थप गरिएको मतदान केन्द्रसहित मोरङमा मतदान केन्द्रको संख्या ७५८ पुगेको छ । यसअघि, स्थानीय तह निर्वाचनमा मोरङमा ६६९ ओटा मतदान केन्द्र थिए ।

१७ ओटा स्थानीय तह रहेको मोरङमा विराटनगर महानगरपालिकामा १३ ओटा मतदान केन्द्र थपिएको हो ।

स्थानीय तहकोभन्दा मतदाता पनि ७० हजार नयाँ थपिएका छन् । स्थानीय तहको निर्वाचनलगत्तै सन्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलनमा उनीहरु थपिएका हुन् ।

आयोगकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङमा सबैभन्दा बढी ६ लाख ४४ हजार ७८३ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्