२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


भोजपुरमा महिलाको उम्मेदवारी शून्य


0
Shares

भोजपुरमा १२ ओटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो ।

३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबाट नै महिला उम्मेदवारी नपरेको बताइएको छ ।

नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उमेशजंग रायमाझी, प्रदेशसभाका लागि भोजपुर क्षेत्र नम्बर–१ बाट संघीय समाजवादी फोरमका तर्फबाट अजम्बर राई काङ्माङ र भोजपुर क्षेत्र नम्बर–२ बाट कांग्रेसका तर्फबाट गोविन्दबहादुर कार्कीको उम्मेदवारी परेको छ ।

त्यस्तै, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका सुदन किराँती, प्रदेशसभाका लागि भोजपुर क्षेत्र नम्बर–१ बाट एमालेका राजेन्द्रकुमार राई र क्षेत्र नम्बर–२ बाट एमालेकै शेरधन राईको नाम दर्ता भएको हो ।

साना दलबाट प्रतिनिधिसभाका लागि मंगोल नेसनल अर्गनाइजेसनबाट चन्द्रप्रसाद राई, नेकपा क्रान्तिकारी माओवादीका तर्फबाट डिल्लीराम बोहरा, नयाँ शक्ति पार्टीबाट युवराज कटुवाल, राजपा नेपालबाट ध्रुवराज राई, संघीय लोकतान्त्रिक मञ्चबाट केदार राई र नेकपा मालेबाट अनिल बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तैगरी, प्रदेशसभा–१ बाट स्वतन्त्रमा खुसीराज गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका मोजेश राईको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिए । रासस