वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनमा तालमेल गर्दैछन् । सोही तालमेलअनुसार जिल्लाका निर्वाचन क्षेत्र बाँडफाँटका लागि केन्द्रमा भएको सहमतिप्रति एमाले सर्लाहीका नेताहरु रुष्ट बनेका हुन् । सर्लाहीमा चारओटा निर्वाचन क्षेत्र रहेका छन् । त्यसमध्ये एमालेले एक र माओवादीले दुई निर्वाचन क्षेत्र लिने र एउटा निर्वाचन क्षेत्रमा संयुक्तरुपमा स्वतन्त्र उम्मेदवारलाई टिकट दिने निर्णय…