निर्वाचन आयोगद्वारा सर्वोच्चमा लिखित जवाफ पेस • Image Khabar Image Khabar


निर्वाचन आयोगद्वारा सर्वोच्चमा लिखित जवाफ पेस


Imagekhabar
१३ कार्तिक २०७४, सोमबार १९:२३

निर्वाचन आयोगद्वारा सर्वोच्चमा लिखित जवाफ पेस

आयोगले सोमबार छुट्टा–छुट्टै मतपत्र छपाइसम्बन्धी अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै छुट्टा–छुट्टै मतपत्र छपाइ सुरु भएको जानकारी दिएको हो ।

सर्वोच्च अदालतमा बुझाइएको जवाफमा आयोगले अदालतको आदेशानुसार बझाङ, बाजुरा, बैतडी र जाजरकोटलगायत ५ जिल्लामा छुट्टा–छुट्टै मतपत्र छाप्न सुरु गरेको जनाएको सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद पन्थीले जानकारी दिए ।

उक्त मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विपक्षी बनाइएकाले प्रधानमन्त्रीको लिखित जवाफ आएपछि आगामी कात्तिक १५ गते मुद्दाको पेसी राखिएको र उक्त दिन अन्तिम सुनुवाइ हुने अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्