हुम्लामा संघ र प्रदेशसभा चुनाबका लागि ७ ओटा घोडा प्रयोग गर्न पाइने • Image Khabar Image Khabar


हुम्लामा संघ र प्रदेशसभा चुनाबका लागि ७ ओटा घोडा प्रयोग गर्न पाइने


Imagekhabar
१२ कार्तिक २०७४, आईतवार १७:४९

हुम्लामा  संघ र प्रदेशसभा चुनाबका लागि ७ ओटा घोडा प्रयोग गर्न पाइने

पछिल्लो संशोधित आचारसंहिताको बारेमा जानकारी दिनका लागि आयोजित छलफल कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुलाई बोलाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पूर्णरुपले पालना गर्न आग्रह गरेको हो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अनिल कुमार शर्माले २४ घन्टामा प्रति एक घन्टाको फरकमा दिनमा चारपटक रेडियोमा सुचाना सन्देश दिन पाइने, ७ बाइ ७ इन्चको छापामाध्यममा प्रचार सामाग्री छपाउन पाइने आचारसंहित रहेकोले सोहि अनुरुप गर्न दलहरुलाई आग्रह गरे ।

शर्माले प्रतिनिधिसभाका लागि ५ घोडा, प्रदेशसभाका लागि २ घोडा सवारी साधनका रुपमा प्रयोग गर्न पाउने व्यवस्था रहेको उनले दलहरुलाई जानकारी गराउँदै सोहि अनुसार गर्न अनुरोध गरेका छन् ।

उनले प्रतिनिधिसभाका लागि २० लाख र प्रदेशसभाका लागि १५ लाख चुनाब खर्च गर्न पाइने आचारसंहितामा उल्लेख गरिएकासमेत जानकारी गराएका छन् । साथै, चुनाब चिन्ह अंकित झोला स्वीटर टोपीमा पूर्ण रुपले बन्द लगाएकाले सो कार्य नगर्न पनि मुख्य निर्वाचन अधिकृत शर्माले दलहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै, राजनीतिक दलका तर्फबाट प्रतिनिधि चयन तथा दलको हस्ताक्षरसमेतको लागि निवेदनसमेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्