काठमाडौंस्थित सैनिकमञ्च टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीका अतिरिक्त प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्तीमगर सहभागी भए । यसैगरी, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विदेशी पाहुनाहरुको उपस्थिति रहेको थियो । समारोहमा नेपाली सेनाका अधिकृतदेखि जवानसमेतले सैनिक परेड प्रस्तुत् गर्नुका साथै नेपाली सेनाले देशका लागि पुर्याइरहेको सेवाका झलकहरु…