सेना दिवसमा टुँडिखेलमा सैनिक परेड, तोप, बढाइँ र सेनाको कला (भिडियोसहित) • Image Khabar Image Khabar


सेना दिवसमा टुँडिखेलमा सैनिक परेड, तोप, बढाइँ र सेनाको कला (भिडियोसहित)


Imagekhabar
१३ फाल्गुन २०७३, शुक्रबार १४:४७

सेना दिवसमा टुँडिखेलमा सैनिक परेड, तोप, बढाइँ र सेनाको कला (भिडियोसहित)

काठमाडौंस्थित सैनिकमञ्च टुँडिखेलमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीका अतिरिक्त प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्तीमगर सहभागी भए ।

यसैगरी, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विदेशी पाहुनाहरुको उपस्थिति रहेको थियो ।

सेना दिवसमा टुँडिखेलमा सैनिक परेड, तोप, बढाइँ र सेनाको कला (भिडियोसहित)

समारोहमा नेपाली सेनाका अधिकृतदेखि जवानसमेतले सैनिक परेड प्रस्तुत् गर्नुका साथै नेपाली सेनाले देशका लागि पुर्‍याइरहेको सेवाका झलकहरु पेस गरिएको थियो ।

साथै, सैनिकमञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, विविध कार्यक्रम आयोजना गरियो ।

सेना दिवसमा टुँडिखेलमा सैनिक परेड, तोप, बढाइँ र सेनाको कला (भिडियोसहित)

सोही अवसरमा नेपाली सेनाको हेलिकोप्टरले राष्ट्रिय झण्डाको प्रदर्शन पनि गरेको थियो ।

सेना दिवसकै खुसियालीमा शुक्रबारै साँझ सैनिकमञ्चमा सर्वसाधारणको मनोरन्जनका लागि सेनाले गीत–संगीत प्रस्तुत् गर्ने कार्यक्रम रहेको छ ।

सेना दिवसमा टुँडिखेलमा सैनिक परेड, तोप, बढाइँ र सेनाको कला (भिडियोसहित)

कार्यक्रममा सहभागी हुने जो–कोहीलाई पनि सहज र निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सैनिक मुख्यालय जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा पनि सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्