प्रहरी महानिरीक्षकसम्बन्धी रिटको सुनुवाइ फेरि ‘हेर्दाहेर्दै’मा • Image Khabar Image Khabar


प्रहरी महानिरीक्षकसम्बन्धी रिटको सुनुवाइ फेरि ‘हेर्दाहेर्दै’मा


Imagekhabar
१२ फाल्गुन २०७३, बिहीबार १९:२२

प्रहरी महानिरीक्षकसम्बन्धी रिटको सुनुवाइ फेरि ‘हेर्दाहेर्दै’मा

सो निवेदनमाथिको सुनुवाइकाक्रममा बुधबारदेखि बहस सुरु भएपनि धेरै अधिवक्ताले बहसमा भाग लिएका कारण लम्बिएको हो । सुनुवाइका लागि यही फाुगन १७ गतेलाई पुनः तोकिएको छ ।

अधिवक्ता कपिलदेव ढकालले वरीयता मिचेर प्रहरी महानिरीक्षक बनाउन लागिएको जिकिर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्य चारजनाविरुद्ध गत माघ २८ गते र यही फागुन १ गते महानिरीक्षकको प्रतिस्पर्धामा रहेका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्चमा रिट निवेदन दायर गरेपछि अदालतले चन्दको पदबहाली रोक्ने अन्तरिमकालीन आदेश जारी गरेको थियो ।

यही फागुन १ गतेको मन्त्रिपरिषदको बैठकले चन्दलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।

न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा बुधबार र विहीबार सोसम्बन्धी बहसमा सिलवाल पक्षका १८ अधिवक्ताले भाग लिएका थिए ।

सिलवाल पक्षका अधिवक्ताको बोल्नेक्रम सकिएपछि विहीबार चन्दका पक्षबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए । चन्दको पक्षमा पनि १८ अधिवक्ताले नाम लेखाएका छन् । यही फाुगन १७ को इजलासमा उनीहरुले बहस गर्नेछन् ।

मन्त्रिपरिषदको बैठकले चन्दलाई महानिरीक्षमा नियुक्त गर्ने निर्णय गरेकै दिन दिउँसो प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रहरी महानिरीक्षकमा चन्दलाई नियुक्ति दिने/दिलाउने, पदबहाली गर्ने/गराउनेलगायत कुनैपनि कार्य नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यसअघि, फागुन ८ गतेका लागि बहस तोकिएकामा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कार्कीको संयुक्त इजलासमा पूरक निवेदनका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयले आफूहरूलाई जानकारी नभएको जनाएपछि बुधबारका लागि लागि पेसी सरेको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्