काठमाडौंको हनुमानढोका दरबार क्षेत्रबाट सुरु भएको र्यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो । र्याली प्याफल, यट्खा, नरदेवी, रक्तकाली, बांगेमुढा, असन, इन्द्रचोक, मख्खन हुँदै सोही स्थानमा पुगी कोणसभामा परिणत भएको थियो । सभाका वक्ताहरुले राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्र कायम नभए जस्तोसुकै संघर्ष गर्न तयार हुने चेतावनी दिएका थिए । र्यालीमा भारतको शिवसेनाका प्रतिनिधिहरुकोसमेत सहभागिता रहेको…